इन्धनको कृत्रिम अभाव सिर्जना गरी भारततर्फ डिजेल तस्करी भई रहेको  न्यौपानेको आरोप
Homeसमाचारपूर्वाञ्चल खबर

इन्धनको कृत्रिम अभाव सिर्जना गरी भारततर्फ डिजेल तस्करी भई रहेको न्यौपानेको आरोप

Image result for mango

विराटनगर १७ फागुन ,   पेट्रोलियम पदार्थको अभावका कारण पूर्व क्षेत्र आक्रान्त बनेको छ। नेपाल आयल निगमले प्रयाप्त इन्धन दिएपनि पेट्रोल पम्पहरु...




विराटनगर १७ फागुन ,   पेट्रोलियम पदार्थको अभावका कारण पूर्व क्षेत्र आक्रान्त बनेको छ। नेपाल आयल निगमले प्रयाप्त इन्धन दिएपनि पेट्रोल पम्पहरुले इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन्। आयल निगमले गत विहीबारदेखि नै प्रयाप्त पेट्रोल वितरण गरेपनि अझै पेट्रोल पम्प खुलेका छैनन्। फाट्ट फुट्ट खुलेका पेट्रोलपम्पमा मोटरसाइकल तथा अन्य सवारी साधनको लाम लागेको छ।  ९० प्रतिशत पेट्रोल पम्पले सहज तरिकाले इन्धन बिक्री नगर्नु र आयल निगमबाट प्रयाप्त पेट्रोल वितरण हुँदा पनि अभाव हुनुले पेट्रोल तस्करी भएको देखिएको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले बताए।   निगमलगायत सरोकारवाला निकायहरु मौन बस्दा यतिबेला ठूलो परिमाणमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आशंका गरिएको छ। अहिले विराटनगर लगायत पूर्वी क्षेत्रका उपभोक्ताहरु कालोबजारीमार्फत महंगोमा इन्धन किन्न बाध्य छन्। झण्डै दुई साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एक जना कर्मचारीमाथि सेवाग्राहीले ढुंगा प्रहार गरेका थिए। त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए। त्यसबेला बजारमा इन्धन अभाव भएको थियो। बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमित रुपमा इन्धन वितरण गरेको छ तर बजारमा अभाव ज्युँका त्युँ देखिएको छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेशकुमार यादवले बजारमा इन्धन अभाव हुने कुनै सम्भावना नभएको बताउँछन्। उनले अभावको सम्भावना नभएको बताएपनि पम्पहरुले इन्धन भने बिक्री गरेका छैनन्। विगत केही महिनादेखि भारततर्फ संस्थागत रूपमा इन्धनको तस्करी भइरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कुनै पहल गरेको छैन। अहिले नेपालमा भन्दा भारतमा डिजेल १६ रुपैयाँ प्रतिलिटर महँगो छ। यसले गर्दा इन्धनको तस्करी व्यापक भएको जानकारहरु बताउँछन्। 
 पेट्रोल आउँथ्यो, तर अहिले नेपालबाट भारत जाँदैछ भन्ने सुनेका छौं,’ नेकपा माओवादी केन्द्रकी विराटनगर संयोजक नमिता न्यौपानेले भनिन्, ‘ट्यांकरका ट्यांकर पेट्रोल तस्करी भएको सूचना हामीलाई आएको छ।’ हरियो घाँसमा व्यवसायी लोभिए स् सहायक प्रजिअ इन्धनको व्यापक तस्करी हुँदा पनि प्रशासन मौन भएको भन्दै मंगलबार जिल्ला प्रशासन पुगेका माओवादी केन्द्रका नेताहरुसँग मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले घुमाउरो पाराले तस्करी भइरहेको स्वीकार गरे। ‘हरियो घाँस देखेपछि गाई लोभिनु स्वभाविक हो,’ पौडेलले भने, ‘हामी त्यसलाई रोक्ने प्रयास गर्छौं। पौडेलले आयल निगम आफूहरुको मातहत नभएको कारण समस्या समाधानमा पहल गर्न नसकेको बताए।   ज्ञापन पत्र लिएर पुगेका माओवादी विराटनगर संयोजक नमिता न्यौपानेले भने आफूहरुले उठाएका माग पूरा नभए तत्कालै कडा आन्दोलन गर्ने चेतावनी दिइन्।
 इन्धनको चरम अभाव हुँदा पनि प्रशासन टुलुटुलु हेरेर बसिरहेको र समस्या समाधानका लागि एक अर्काको कार्यक्षेत्र भन्दै पन्छिने गरेको भन्दै न्यौपानेले आयल निगम र प्रशासननै तस्करीमा संलग्न भएको हो कि भन्ने प्रश्न समेत गरिन्। ‘अब हामी नेपालमा पेट्रोल लिन आएका भारतीय ट्यांकरको चावी खोस्छौं,’ न्यौपानेले भनिन्, ‘नेपालका उपभोक्तालाई जबर्जस्ती कालोबजारीको तेल किन्न बाध्य पार्ने र यहाँबाट भारत तस्करी गर्ने व्यापारीलाई सार्वजनिक गर्छौं। उनले मंगलबार दिनभरीमा इन्धन सहज नभए पेट्रोल पम्पमा खानतलासी समेत गर्ने र भएको इन्धन वितरण गर्न वाइसिएल परिचालन गर्ने चेतावनी समेत दिइन्।

Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : इन्धनको कृत्रिम अभाव सिर्जना गरी भारततर्फ डिजेल तस्करी भई रहेको न्यौपानेको आरोप
इन्धनको कृत्रिम अभाव सिर्जना गरी भारततर्फ डिजेल तस्करी भई रहेको न्यौपानेको आरोप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkFPDdMJyNjSbNMW4IWAA6yWjEOnKOyC9SDUQb7La2wr3hZrVa7sRLiokqCgeest1N0p-BXcbyPGJAY1txnXvp6br3xUZy_zYvHyWCaz43FMSY8phy4fWkTdfcb811P7705Jy_WDpGXQ/s640/Screenshot_20170226-091330.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkFPDdMJyNjSbNMW4IWAA6yWjEOnKOyC9SDUQb7La2wr3hZrVa7sRLiokqCgeest1N0p-BXcbyPGJAY1txnXvp6br3xUZy_zYvHyWCaz43FMSY8phy4fWkTdfcb811P7705Jy_WDpGXQ/s72-c/Screenshot_20170226-091330.png
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2017/02/blog-post.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2017/02/blog-post.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy