$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

दश बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनेछ - कृषिमन्त्री चौधरी

  कृषिमन्त्री गौरीशङ्कर चौधरीले आगामी दस बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने बताउनुभएको छ । ‘चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक...

 Image result for कृषिमन्त्री गौरीशङ्कर चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले आगामी दस बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने बताउनुभएको छ ।
‘चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३’ को आज कपिलवस्तुको चन्द्रौटामा उद्घाटन गर्दै उहाँले भन्नुभयो – कृषि क्षेत्रको विकास एवम् उन्नयनका लागि सरकारले बिभिन्न महत्वपूर्ण कार्ययोजना बनाएर काम गर्न सुरु गरेकाले अगामी दस बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनेछ ।
मन्त्री चौधरीले हालै मात्र सरकारले प्रत्येक प्रदेशमा ‘सुपर जोन’ कृषि कार्यक्रम गर्ने निर्णय गरेको उल्लेखगर्दै यसले आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पुरियाउने र कृषि उत्पादनमा समेत उल्लेखनीय वृद्धि हुने बताउनुभयो । कृषि र सिँचाइ मन्त्रालय अलगअलग भएकाले काम गर्न केही अप्ठ्यारो भएको बताउँदै उहाँले कृषि र सिँचाइसम्बन्धी काम एउटै मन्त्रालयबाट हुनसके सिँचाइ र कृषिसम्बन्धी समस्या समाधान हुनेमा जोड दिनुभयो । मन्त्री चौधरीले कपिलवस्तु धान र गहँु उत्पादनमा सक्षम जिल्ला भएको भन्दै स्थानीयस्तरमा चिस्यान केन्द्र स्थापना गर्न चाहने कृषकका लागि सरकारले पाँच वर्षसम्मका लागि निव्र्याजमा ऋण उपलब्ध गराउने नीति लिएको बताउनुभयो । स्थानीय, प्रदेशीय र संसदीय निर्वाचन सम्पन्न गर्नका लागि सबै असन्तुष्ट पक्षलाई मिलाउनुको विकल्प नभएको भन्दै उहाँले संविधान संशोधन हुन आवश्यक भएको पनि बताउनुभयो ।
कपिलवस्तको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यले कपिलवस्तुको चन्द्रौटामा आजदेखि सुरु भएको उक्त महोत्सव मङ्सिर १२ गतेसम्म सञ्चालन हुने छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय तहमा उत्पादन भएका कृषिजन्यवस्तु तरकारी, फलफूल, माछा लगायतका व्यवसायलाई मुख्य सहुलियतकासाथ कक्ष उपलब्ध गराएको आयोजकले जनाइएको छ ।
स्थानीय कृषकले उत्पादन गरेका वस्तु, हस्तकला, कुटीर उद्योग, व्यापार व्यवसाय, महिला उद्यमको बजारीकरण, विकास र प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित सुरु भएको उक्त महोत्सवमा विद्यालयका बालबालिका र शिक्षकद्वारा निर्मित शैक्षिक प्रदर्शनी तथा शैैक्षिक परामर्श पनि दर्शकका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ । यसैगरी महोत्सवमा बालउद्यान, झुला, मौतका कुँवा, रोटेपिङ लगायतका अधिकांश नयाँ मनोरन्जका सामग्री सञ्चालनमा ल्याइएको छ । रासस

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : दश बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनेछ - कृषिमन्त्री चौधरी
दश बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनेछ - कृषिमन्त्री चौधरी
http://i2.wp.com/arthatantra.com/wp-content/uploads/2016/09/Gauri-shankar-chaudhari.jpg?w=930
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2016/11/blog-post_69.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2016/11/blog-post_69.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy