$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

तपाई लोकमान तिर लाग्नुस्: म गाँउमा युगबोध गर्दैछु

खै तिथी मितिको यकिन भएन । बि.स. २०२८ कै कुरो हुनुपर्दछ । शिवनाथ सिंह यही साल हेडसर भएर आउनु भाथ्यो । हामी स्कूलका ठूलै क्लासमा पुगिसकेका थिय...



क्लास ठूलो भएर के गर्नु उमेरको हिसाबले आठ बर्ष र कक्षाको हिसाबले पाँचमा पुगेपछि मात्र हामी अंग्रेजीको अल्फावेट पढन शुरू गरेका थियौ । यसको केहीपछि मात्र हामी सबै दौतरीहरू आफुलाई अरू भन्दा बढी पढक्कर देखाउन "ग्रेड सिक्स" र अंग्रेजीको अर्को नाम "इंगलिस" भन्न थालेका थियौं । जे होस, यो भन्दा पहिला नै मलाई भारतको अर्को नाम इंडिया हो भन्ने थाहा भैसकेको थियो । तर, मेरै केही साथीहरू थिए जस्को एकाघरका काका दाजुहरू निकै क्लास उक्लेका थिए । परिवार कै यी सिनीयरहरूको संगत र हप्कीदप्कीमा केही साथीहरूमा अलिक छिट्टै अंग्रेजी पसेको थियो । छिप्पिएकोलाई हामी गाँउको भाखामा "जुयाएल" भन्थ्यौ । ती साथीहरू भने छिट्टो इंगलिस जान्ने भएकोले अलिक जुयाएल छन् भनेर हामी आपसमा गफिन्थ्यौ ।
बि.स. २०२८ हाम्रो निम्ति बडो उल्लेख्य छ । यही साल देखि शिक्षा क्षेत्रमा नयाँ शिक्षा योजना लागू भएर ठूला शहरका कलेजहरूमा उम्लिरहेको पंचायती व्यवस्थाको विरोधी चेतना हाम्रो गाँउको स्कूल तिर पनि आईपुगेको थियो । त्यस बखतका सर्वाधिक चर्चित नेता रामराजा प्रसाद सिंहले मेरो गाँउमा नेपाल बिद्यार्थी संघको शाखा उदघाटन गर्नु भएको थियो । हामी मध्ये धेरैले उहाँलाई जिल्लाको जमिंदारका रूपमा चिनेका थियौं । त्यस दिन उहाँको भाषण बेजोडको थियो । हाम्रो मनमा उहाँले आगो लगाएर जानु भयो । रेडियोमा जति बेलापनि देशमा बिकासको मूल फुट्ने कुरा सुनिन्थ्यो । यो मूल फुटने कुरा सुनेर हामी खेतबारीमा पनि सावधानीले हिडन थालेका थियौं ।
यस अघि देखि नै खासगरी बि.स. २०२४ सालपछि जताततै "जनसहभागिता" र "जनश्रमदान" शब्दहरू सुनिन्थ्यो । मेरो गाँउ छेउबाटै राजमार्गको रेखांकन भएको थियो । अन्तैबाट यसको नामांकन महेन्द्र राजमार्ग भै यो नाम हाम्रो गाँउमा आई पुगेको थियो र सर्वाधिक कुराकानीको बिषय पनि भएको थियो । यस राजमार्गमा गाँउका सबैलाई अनिवार्य रूपमा जनश्रमदान गर्न लगाईएको थियो । अब यही राजमार्ग भएर बस आउने छन् यो हाम्रो निम्ति सबैभन्दा ठूलो कौतुहलताको बिषय भएको थियो ।
बिराटनगर र विहारको फारबिशगंज जाँदा देखिने बसहरूसंग हामी मनमनै हाम्रो गाँउ तिर पनि गुडी आउन अनुरोध गरिरहेको हुन्थ्यौ । सीमा पारीको "अग्रवाल बस" र बिराटनगर तिरको "आराथुन बस" को आगमन हाम्रो लागि लक्ष्मी पूजामा धन सम्पतिको बर्षा होस भन्दापनि ठूलो आराधनाको बिषय थियो । नभन्दै मेरो गाँउमा बस आउने भयो । स्कूलका सरहरूले पर्खन भन्थे दिन्नै पिच्छे ।
अघि नै भारत सरकारले राजबिराजबाट भारदहसम्म सडक बनाएको थियो । यो सडक भारदहमा महेन्द्र राजमार्गसंग जोडिने थियो । कंचनपुरबाट मोडिएर महेन्द्र राजमार्ग पश्चिम जाने भयो । कंचनपुरको अहिलेको बेरियर भनिने बिन्दुबाट फेरी उही भारत सरकारले बनाउने भनेको सडक सोझै उत्तर तिर बढेर फत्तेपुर पुग्नेगरी धुलाम्ये बाटो खनी सकिएको थियो ।
अह् क्याबात थियो, त्यसबाटोमा फत्तेपुर हुदै भारदहसम्म हनुमाननगरका लक्ष्मीले "विलीज" जीप चलाएका थिए । हो, फत्तेपुर तिरबाट काठको गोलिया ढुवानी गरेर सीमा पारी पुर्याउने उ बेलाको "शक्तिमान" ट्रकलाई सार्वजनिक यातायात नमान्ने हो भने लक्ष्मीको विलीज जीप नै हाम्रो गाँउठाँउको पहिलो सार्वजनिक यातायात थियो । यस जीपका खलासी बडो मुस्तैद हुन्थे । कुनै पनि कारणले जीप रोकिना साथै खलसीयाले तुरन्तै जीपको सधैं खुला रहने रेडिबाटरको ट्यांकमा झट्ट पानी हाल्ने गर्थे । जीप स्वंयले जन्माउने पाउडर धुलोको वादल भित्र आफ्नो बाटो खोज्दै बढनु पर्दथ्यो । स्टार्ट बन्द भयो कि चंखे खलसीया तुरून्त ह्याण्डललाई बोनटको अगाडीको प्वालमा छिराएर फन्नक्क घुमाउने । क्याच्च क्याच्च गर्दै घुर्धुर्घुर आवाजसंगै स्टार्ट हुनु....अहा...क्या अनुभव थियो !
यस्तो बेलामा हाम्रो गाँउमा "आराथुन" बस आउने भयो । कति धेरै कौतुहलता थियो हामीमा ! खानापिना सबमा बेपर्वाह भएका थियौ हामी ! बस आओस् यही थियो चाहना । हामी कक्षा कोठामा थियौ । अचानक, टाडाबाट ठूलो आवाज आयो । आईरह्यो । घ्वाँ घ्वाँ.....घुर्धुर्घुर...घुर्धुर्घुर गरि ! स्कूल भरी कोलाहल मच्चियो ! बस आयो..बस आयो....! सर्वत्र यही आवाज...एेलै बस..बस एेलै...! नेपाली मैथिली..एउटै आवाज बन्यो..बस आयो ! बस एेलै !! सरकारी कामकाजको भाषा र राष्ट्र भाषा एउटै भयो..बस आयो ! बस एेलै !! घच्क्क घच्क्क गर्दै बस स्कूलको अगाडी हुदै चाँदनी चौक तिर लाग्यो ।
सबै बन्धन चुँडियो । शिवनाथ सिंह सबभन्दा कडा हेडसर फेल भए ! ढोडिया सर अर्थात जनक किशोर लाल दास । सब भन्दा कडा सर..फेल ! दौड रे ! कुदौ..साथी...भाग रे...!!! सब चान्दनी चौक तिर बस हेर्न । बस छुन...!! बस चढन...!!! तर, मास्टरहरूले कहाँ मान्थे र ? पहिले देखि नै बालेश्वर झा ले तयार पारी राख्ने बाँसका करचीहरूको छडी एकाएक सबै मास्टरहरूके हातमा पुग्यो । बालेश्वर झा, हाम्रो स्कूलको पियन थिए । बदमास विद्यार्थीहरूलाई तह लाउने छडीका उनी स्टोकिष्ट हुन्थे । हेड सरले माग्यो कि तयार । त्यस बेला त्यसै भयो । तर सरहरू नरम थिए । उनिहरू हामीलाई व्यवस्थित पारेर बस देखाउन चाहेका मात्र थिए ।
मानिसको त्यति ठूलो भीड मैले गाँउमा कमै देखेको थिए । हो, एक पटक लामखुट्टो अर्थात मच्छड भगाउने औषधि डि.टि.सी. पाउडर लिएर हेलिकोप्टर ओर्लेको थियो । त्यस बेलाको भीड जति बस हेर्ने बेला थिएन । चार जना पुलिस रहने चौकी थियो गाँउमा । अष्टमान श्रेष्ठ नामका हवल्दार थिए, झपक्क रात पर्नु अघिसम्म उनि कालो चश्मा लाउथे । वास्तवमा उनले लाएको कालो सिसाको चश्माले पुरै राज्य शक्तिलाई ढाकेर राखेको थियो । अहिले संझन्छु, उस्ले लिई हिडने सखुवा काठको सानो लठ्ठी र चश्माले नदेखिने आँखामा राज्यको तीनवटै अंगहरू समाहित थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका; एक/चारको त्यो चौकीले कानूनको निर्माण, निसाफ र शासन सबै गर्दथ्यो । यिनै हल्दार अष्टमान आएपछि मात्र बस हेर्न आएका भीड नियन्त्रित भयो । हाम्रा सरहरूले राम्रो सुझाव दिए । बसको पछाडीको ढोकाबाट सबैलाई छिराउने र अगाडीको ढोकाबाट निकाल्ने । यसरी व्यवस्था मिलाईएपछि हामी समेत धेरैले गाँउमा पहिलो पटक पदार्पण गरेको बस हेर्न भ्याए । यस पछि दिनमा एक पटक त्यो आराथुन बस आउने र राती चाँदनी चौकमा बास बसेर भोली पल्ट विहानै बिराटनगर तिर जाने यातायात सेवा शुरू भयो ।
अहिले गाँउमा बसेर यी कुराहरू संझिसंझि रमाईलो गर्ने मेरा दौतरी साथीहरू विरलै भेटिन्छन् । सब आफ्ना लालाबालालाई हुर्काउन, पढाउन र जागिर खान बाहिर बाहिरै छन् । यिनीहरु कमै गाँउ आउछन् ।
म पनि आज मात्रै बीरगंजबाट फर्केर गाँउमा ओर्ले । अनि भेट भयो, बिश्वनाथसंग । फेरी चिया पसलमा नाती खेलाउदै आईपुगे जयनन्दन मंडल । विश्वनाथ अहिले रिक्सा ठेला चलाउँछन्, जयनन्दन घरखेतीमा छन् । उही चाँदनी चौकको अवशेषमा यौटा चिया पसल छ । मैले मेरा दुबै बालसखालाई चिया खुवाए । अनि कुरा अठ्यो गाँउमा पहिलो पटक बस आएको !
विश्वनाथलाई रिक्सा लिई जाने हतार थियो तर जेपी भेटदै गरौं है भनेर उनि लागे । म र जयनन्दन धेरै वेर संगै बसेर पुराना कुराहरू संझेर युगबोध गरिरहें ।

     स्रोत -जयप्रकाश आनन्द Face book

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : तपाई लोकमान तिर लाग्नुस्: म गाँउमा युगबोध गर्दैछु
तपाई लोकमान तिर लाग्नुस्: म गाँउमा युगबोध गर्दैछु
https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t1.0-9/14716299_10207664000544358_1307424780792700874_n.jpg?oh=f7c60d4764f5a485a8c6b43cd5624d03&oe=588A85BF
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_93.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_93.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy