$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

महाअभियोग प्रस्ताव रहस्यमयः काँग्रेस

  व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफूलाई कुनै जानकारी नदिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि...

Image result for nepali congress

 व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफूलाई कुनै जानकारी नदिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावलाई रहस्यमय भनेको छ । 
तीन दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले प्रमुख सत्ता साझेदार दललाई थाहा नदिई सरकारको नेतृत्वकर्ता दल नेकपा ९माओवादी केन्द्र० ले प्रमुख विपक्षी दल नेकपा ९एमाले० सँग मिलेर व्यवस्थापिका–संसद्मा दर्ता गरेको महाअभियोगको प्रस्तावलाई रहस्यमय भनेका छन् । 
बैठकमा नेता गुरुराज घिमिरेले महाअभियोग प्रस्ताव ल्याइएको पृष्ठभूमिका बारेमा गहन अध्ययन गरेर मात्र पार्टीले निर्णय लिनुपर्ने धारणा राखेको जानकारी दिनुभयो । उहाँले काँग्रेसको सहयोगबिना महाअभियोगको प्रस्ताव पारित हुँदैन भन्ने जानकारी हुँदाहुँदै माओवादी केन्द्र र एमालेले अघि बढाएको कदमलाई रहस्यमय भन्नुभयो । उहाँले एमालेका नेता अख्तियारको कारबाहीमा पर्दैछन् भन्ने हल्ला चलेका बेला सम्भवतः कारबाहीबाट बच्न उक्त प्रस्ताव आएको हुनसक्ने धारणासमेत व्यक्त गर्नुभयो । 
काँग्रेस बैठकमा हालसम्म युवा नेता विश्वप्रकाश शर्मा, गगन थापा, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, प्रदीप पौडेल र बद्री पाण्डेले मात्र स्पष्ट रुपमा महाअभियोगका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । अन्य अधिकांश सदस्यले संविधान कार्यान्वयनलगायत मुलुकका प्राथमिकताका विषयलाई विषयान्तर गर्न महाभियोगको प्रस्ताव आएको भनी आशङ्का व्यक्त गरेका छन् । उहाँहरुले पार्टीले यस विषयमा गहन अध्ययन गरेर मात्र निर्णय लिुनपर्ने विचार व्यक्त गरेका छन् । 
आजको बैठकमा सदस्य सरिता प्रसार्इंले संविधान कार्यान्वयन मुलुकको पहिलो प्राथमिकताको विषय भाएकाले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन काँग्रेसले नेतृत्व लिनुपर्ने धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले महाभियोग प्रस्तावका सम्बन्धमा संसद्ले समिति बनाइसकेको र समितिमा उक्त विषय प्रवेश गरिसकेकाले त्यसबारेमा पार्टीले अहिले निर्णय गर्नुपर्ने आवश्यकता नरहेको विचार व्यक्त गर्नुभयो । 
काँग्रेसका अगाडि यतिखेर महाअभियोग प्रस्तावका सम्बन्धमा चार विकल्प तेर्सिएका छन् । एक प्रस्तावका पक्षमा उभिने, दुई प्रमुख आयुक्त कार्कीलाई राजीनामा दिन लगाउने, प्रमुख आयुक्त कार्कीको योग्यतासम्बन्धी मुद्दा सर्वोच्च अदालत सुनुवाइका क्रममा रहेकाले उक्त विषयमा नबोल्ने र चार प्रस्तावको विपक्षमा उभिने रहेका छन् । काँग्रेसले चार विकल्पमध्ये कुन रोज्छ त्यो यतिखेर आम नेपालीको चासोको विषय बनेको छ । 
बैठकमा महेन्द्र यादवले मधेस केन्द्रित दलसँग भएका सहमतिका आधारमा संविधान संशोधन गरी सीमाङ्कन र नमिलेका विषय मिलाउनुपर्ने धारणा राखेको बताउनुभयो । उहाँले महाभियोग सम्बन्धमा काँग्रेस जस्तो संवेदनशील पार्टीले कुनै व्यक्तिले भनेका भरमा हतारिएर नभई सबैसँग रायसुझाव लिई सुझबुझका साथ मात्र निर्णय गर्नुपर्ने बताउनुभयो । कतिपय सदस्यले प्रस्ताव ल्याउँदा भएको गठजोडलाई अप्राकृतिक कदम भनेका थिए । 
नेता सुरेन्द्र पाण्डेले प्रमुख आयुक्त कार्कीलाई नियुक्ति गर्दा नै गलत भएको भन्दै महाभियोगको प्रस्तावबाट हटाउने मौका प्राप्त भएको धारणा राख्नुभयो । उहाँले प्रमुख आयुक्त कार्कीका क्रियाकलाप लोकतन्त्र, संविधान र सुशासन विपरीत भएकाले पार्टीले महाभियोग पारित गर्ने सम्बन्धमा पार्टीले निर्णय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । काँग्रेसले उक्त प्रस्तावबारे सबै केन्द्रीय सदस्यको राय लिइरहेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आजको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी, अजयकुमार चौरासिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, वीरबहादुर बलायर, डा डिला सङ्ग्रौला, सरिता प्रसार्इं, बहादुरसिंह लामा तामाङ र लक्ष्मी परियारले आ–आफ्नो धारणा राख्नुभएको थियो । 
पार्टीको केन्द्रीय कार्यालय सानेपामा यही कात्तिक ४ गतेदेखि जारी बैठक भोलि कात्तिक ९ गते बिहान ८ः०० बजे पुनःबस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 रासस 

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : महाअभियोग प्रस्ताव रहस्यमयः काँग्रेस
महाअभियोग प्रस्ताव रहस्यमयः काँग्रेस
http://www.crwflags.com/fotw/images/n/np%7Dncp1.gif
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_85.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_85.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy