विराटनगर ,९ कात्तिक ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले मधेसी मोर्चाको मागलाई पूरा गर्नका लागि चाँडैनै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न...
विराटनगर ,९ कात्तिक ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले मधेसी मोर्चाको मागलाई पूरा गर्नका लागि चाँडैनै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस विषयमा मोर्चालगायतका दलसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।
उहाँले लोकमानसिंह कार्कीको विषयमा नेपाली काँग्रेसले ‘उचित समयमा उचित निर्णय लिने’ भन्दै उहाँले यस विषयमा काँग्रेस जनतासमक्ष विश्वस्त रुपमा प्रस्तुत हुने जानकारी गराउनुभयो । विराटनगरको ऐतिहासिक जुट मिल विगत दुई वर्षदेखि बन्द रहेको विषयमा पत्रकारको जिज्ञासामा उहाँले यस विषयमा अध्ययन भइरहेको र यस्ता उद्योगलाई सञ्चालन गरेपछि पुनः बन्द हुन नदिने खालका नीति बनाइने उल्लेख गर्नु भयो ।
COMMENTS