एजेन्सी। हजारौं महिलाले पोल्यान्ड सरकारको गर्भपतनलाई अझै कडाई गर्ने कानुनको प्रस्तावको विरोधमा बृहत हडताल गरेपछि अब उक्त प्रस्तावित कानुन नआ...
अन्तर्राष्ट्रिय तथा यूरोपेली सरकारले पोल्यान्ड सरकारले ल्याउन लागेको उक्त नयाँ कानुन पारित नगर्न दबाब दिँदै आएका थिए।पोल्यान्डमामा गर्भपतन गर्न चाहने महिलाका लागि पहिलेनै निकै असजिलो परिस्थिति छ। महिला गर्भपतन गर्न छिमेकी देश जानुपर्ने तथा अनलाइन मार्फत पिल्स किन्ने गर्दछन्। पोल्यान्डका अधिकारकर्मीहरूले ड्रोनबाट पिल्सहरू वितरण पनि गर्ने गरेका थिए।सोमवार महिला तथा पुरुषहरू समेत आफ्नो काम त्यागेर कालो पोशाकमा नयाँ कानुनको मस्यौदाविरुद्ध सडकमा उत्रिएका थिए । उनीहरूले कन्जरभेटिभ ल एण्ड जस्टिस पार्टीलाई आफूहरूले उक्त नयाँ कानुन स्विकार नगर्ने सन्देश दिएका थिए।

COMMENTS