$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

बलि प्रथा शास्त्र सम्मत कि विरुद्ध ?

( पूर्णप्रसाद मिश्र ) काठमाडौँ , २१ असोज । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने ब...




(
पूर्णप्रसाद मिश्र)

Image result for पशु बलि

काठमाडौँ, २१ असोज पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन्
दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष विपक्षमा तर्क गर्ने क्रम बढेको गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ, प्रभुशक्ति राज्यको कोषवृद्धिसँग सम्बन्धित , राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता ”–उहाँले भन्नुभयो दुर्जनको विनाश सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात् भएको प्रा डा गौतमले बताउनुभयो महाकाली शक्तिकी अधिष्ठात्रीदेवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता भएको एकथरि धर्मशास्त्रविद्को भनाइ
 
राज्य सञ्चालन गर्ने क्षत्रीयमा बलि दिनैपर्ने मान्यता बलि पनि तीन प्रकारका हुन्छन् सात्विक बलि, राजस बलि तामस बलि चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत पायसले पूजा गर्ने विधिलाई सात्विक बलि भनिन्छ सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ
 
सात्विक राजस दुबै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजा विधिलाई तामस बलि भनिन्छ गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प प्रार्थना गरी दिने विधि मासु नखाने (शाकाहारी) ले पनि बलि दिएर सुँघेर छोड्ने परम्परा समेत
 
केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयोग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिनुभएको घटना धर्मशास्त्रविद् प्रा डा गौतमको स्मरणमा अझै ताजा अहिले नेपालमा चलेको तन्त्र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल
 
पशु अविवेकशील प्राणी हो, उसले मुक्तिको चाहना गरेको हुन्छ विवेकशील प्राणी मानवले मुक्ति पाउन तीर्थ, व्रत, दान, धर्म, उपकार अनेक साधना गर्नसक्छ तर अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास
  
अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशुको अहोभाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ”– प्रा डा गौतमले भन्नुभयो
 
कालिका पुराणमा भनिएको
यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा
अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।।
 
अर्थात्, पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन् तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन

बलि अघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता
 
पूर्व नायब बडा गुरुज्यू एवम् राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई पशुबलिको विरोध गर्ने हो भने गाउँ टोलदेखि शाकाहारी अभियान चलाउनुपर्ने बताउनुहुन्छ ३६५ दिन गाउँ सहरमा काटिने पशुको विरोध नगर्ने तर दसैँ मठ मन्दिरमा विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो, जन्मसिद्ध शाकाहारी हुँ, तर पशुबलि शास्त्रसम्मत ”– उहाँले भन्नुभयो
 
हजारौँ वर्ष अघिदेखि बलि प्रथा चलेको हो देवपूजा, पितृपूजा विशिष्ट अतिथिको सत्कार गरी तीन सन्दर्भमा बलि दिने परम्परा चल्दै आएको हो शास्त्रमा जहाँ बलिको प्रशङ्ग , त्यहाँ मासु नखानु राम्रो भनिएको खाने हो भने देवता पितृलाई चढाएर खाए दोष लाग्दैन भनी उल्लेख गरिएको उहाँले बताउनुभयो
 
देवान् पितृन् समभ्यच्र्य खादन् मांसम् दोषवाक्

     भरसक काटमार नगर्नु, मासु नखानु महा फलदायक हुन्छ तर मानिसको प्रवृत्ति मासु खाने हुनेभएकाले विधिपूर्वक बलि दिएर चढाएर खाने शास्त्रीय व्यवस्था भएको हो
 
बलिप्रथाको विरोधमा अभियान चलाइरहनुभएका संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन शास्त्रले बलि प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको बताउनुहुन्छ
 
मानिसमा हुने बोकाको जस्तो काम भावना, भेँडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन््” – उहाँले भन्नुभयो
 

बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशु बलि दिनु नहुने डा टण्डनको भनाइ बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बजारमा खसीबोका भन्दा नरिवलको सङ्ख्या बढेको देखिन्छ पशु बलि यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुबलिविरुद्धको अभियान चलाइएको संयोजक विकेश श्रेष्ठले बताउनुभयो रासस

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : बलि प्रथा शास्त्र सम्मत कि विरुद्ध ?
बलि प्रथा शास्त्र सम्मत कि विरुद्ध ?
https://sirutar.files.wordpress.com/2011/10/bali.jpg
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_50.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_50.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy