$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

स्थानीय र प्रहरीबीच झडप ३ प्रहरी घाइते

२ ३ , आश्विन  २०७३- स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् भने प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटा...

Image result for kutpit
,आश्विन  २०७३- स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् भने प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटाइले एक महिलासमेत घाइते भएकी छिन् ।
जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी कार्यालय ‘ख’ का प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चितनारायण माझी र प्रहरी हवल्दार रामकुमार यादव घाइते भएका हुन् । गम्भिर घाइते भएका प्रहरी सहायक निरीक्षक माझिलाई उपचारका लागि विराटनगर लगिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । प्रहरीको कुटाइबाट सिरहा २ का मूलहीदेवी यादव घाइते भएका हुन् । अन्यको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ ।
Image result for kutpit

  
सिरहा २ स्थित किराना पसल संचालक रामदेव यादवको पसलमा लुटपाट गर्दै सिरहा १ का आकाश यादवलगायतका युवाहरुले कुटपिट गरिरहेको खबर आएपछि आफू घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक यादवले बताए । प्रहरी निरीक्षक यादव घटनास्थलमा पुग्ने बितिकै अन्धाधुन्ध लाठी चार्ज गरेको प्रत्यक्षदर्शी रामपरीदेवी यादवले गुनासो पोखिन् । 
प्रहरीले लुटपिट र कुटपिट गर्नेको खोजी नगरी पीडित रामदेव, बली यादव, दिपेन्द्र यादवलाई कुटपिट गर्दै समातेर लगेको उनले सुनाइन् । 
‘पिडकलाई पक्राउ गरी कारवाही गर्नुपर्नेमा पीडितलाई नै कुटपिट गर्दै लगेको देखेपछि महिला, पुरुषलगायतका स्थानीयवासीे वडा प्रहरी कार्यालय अगाडी पुगेका थिए,’ उनले भनिन्, ‘वडा प्रहरी कार्यालय अगाडि पुग्ने बित्तिकै प्रहरीले पून: अन्धाधुन्ध लाठी चार्ज गरे, सोही क्रममा प्रहरीले प्रहार गरेको लाठी मूलहीदेवीको टाउको र बाँया हातमा लागेपछि बेहोस भएर भुईमा लडिन् ।’ 
प्रहरीले मूलहीदेवी लगायतलाई कुटपिट गरेको आक्रोशमा स्थानीयले वडा प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गर्दै कार्यालय अगाडि सकडमा नै रोकि राखेको नम्बर प्लेट खुल्न नसकेको प्रहरीको मोटरसाइकलमा समेत आगजनी गरेको प्रत्यक्षदर्शी अशेष गोइतले बताए । 
प्रहरीको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीले मोटरसाइकल नम्बर भन्न चाहेनन् । उक्त मोटरसाइकल प्रहरीले पक्राउ गरेको चोरीको मोटरसाइकल हुन सक्ने एक प्रहरीले बताए । 
बेलुका ६:३० बजेदेखि ८ बजेसम्म स्थित तनाव पूर्ण रहेको थियो । मूलहीदेवी एक घण्टासम्म सडकमा नै अचेत अवस्थामा रहँदासमेत उपचारका लागि प्रहरीले नलगेको र अन्यलाई समेत लग्न नदिएको स्थानीयवासी आक्रोशित बनेका हुन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरीले जनाएको छ । 
प्रहरी उपरीक्षक ज्ञवालीले घटनाको अनुसन्धान भइरहेको बताए


COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : स्थानीय र प्रहरीबीच झडप ३ प्रहरी घाइते
स्थानीय र प्रहरीबीच झडप ३ प्रहरी घाइते
http://www.khabardabali.com/wp-content/uploads/2016/04/kutpit.jpg
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_49.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2016/10/blog-post_49.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy