$type=ticker$show=home$count=5$readmore=no$time=show$tbg=rainbow

तराई मधेसमा घूरको रौनकता

जितेन्द्रनारायण ठाकुर विराटनगर ,पुस २७ गते । शितलहर वाट जोगिन तथा सुचना अदान प्रदान गर्ने र शिक्षा आर्जन गर्ने थलोको रुपमा प्रख्यात रहेको “घ...



जितेन्द्रनारायण ठाकुर

विराटनगर ,पुस २७ गते । शितलहर वाट जोगिन तथा सुचना अदान प्रदान गर्ने र शिक्षा आर्जन गर्ने थलोको रुपमा प्रख्यात रहेको “घुर” को रौनकता अझै पनि तराई मधेसका कायम रहेको पाइएको छ। आधुनिकता र आम संचार माध्यमको विकास संगै सुचना संकल्न केन्द्रको रुपमा विख्यात रहका “घुर” अहिले शितलहर वाट जोगिन र कृर्षी वाट हुने फोहर जन्य वस्तुको नष्ट गर्ने माध्यमको रुपमा पनि व्यापकता संगै रौनकता कायमै रहेको छ । युवा पुस्ता शितलहरी वाट जोगिन “घुर” लाई आत्म साथ गरेका छैन भने मधेसका वृद्धाहरुले अहिले पनि परम्परागत शैलीमा नै “घुर” को महत्वलाई निरन्तरता दिएको छ । “घुर” लाई विधिवत रुपमा मंसिरको शुल्क पक्षमा गरिने ,लवान , देखि नै सुरवात गर्ने धार्मीक मान्यता रहिआएको छ । कार्तिकको संक्रान्तिमा अविवाहित महिला (नवोदा कनिया)ले गाईको गोवरको चिपडी , घेरा(झिगा)को फुल सहित आगँनमा गरिने पुजाँ पश्यात कुलदेवता समक्ष गरिने अगनी पुजा कै दिन देखि गोठ र दलान (पुरुषहरु वस्ने वैस्की)मा समेत “घुर” लगाउने स्थानमा खाल्टो खनी लगाईन्छ । लवानमा नया अन्यलाई अग्नीमा चढाएपछि नया अन्य ग्रहन गर्ने गरिने चलन मधेसमा रहिआएको छ। लवानको दिन गरिने अग्नी पुजाले शरिरको रोग , लक्ष्मीको घरमा वासना हुने जनविश्वास रहेको पंडित महेन्द्र नारायण ठाकुरले बताउनुभयो।

लवानको वेलुका पख देखी दलानमा गोईठा,परारको “घुर” बाली ताप्ने चलन रहेको छ । घुर ताप्नाले वातरस, साटिका र नसा सम्वन्धी रोग नलाग्ने आर्युवेदमा वर्णित गरिएको छ । परापुर्वकालमा लुगा(वस्त्र)को समेत कमि रहेकाले घुर तापे पश्यात शितलहरीवाट जोगिने माध्यमले पनि परापुर्वकाल

देखि रौनकता कयम रहेको हो ।मधेसमा मंसिर पुर्णिमा देखि घरमा समेत चिसो प्रवेश गर्ने नमोवृती रहेकाले सुत्ने घरमा समेत गोईठाको घुर लगाउने गरिन्छ। परापुर्व कालमा मिथलाका विद्धानहरुले घुरमा नै कर्मकाण्ड,वेद, दशकर्म ,ढाक वचन लगायतका शिक्षा प्रदान गर्नुहुन्थ्यो । भने वृद्धहरुले परवारका सम्पुर्ण सदस्यहरुलाई वसाई घरेसी शिक्षा, कृर्षी शिक्षा लगायतका वारेमा चर्चापरिचर्चा गर्नुहुन्थ्यो । त्यस्तै मधेसी समाजका अगुवाहरु (जमिन्दार,मुखिया)ले स्थानिय स्तरको सुचना संकल्न गरेर समाजमा गर्ने दिनभरीको भावी रणनिति तय गर्ने “घुर” लगाउथ्थे । “घुर” मा स्थानियस्तरका प्राय सवै बुद्धजिवि, कामदार, गुम्स्ता(कमतिया) भद्धभलादमीलाई बोलाई दिनभरीको रणनिति र हिजोको स्थानीय स्तरमा भएको कामकाजको विषयमा चर्चापरिचर्चा गरिन्थ्यो । “घुर”मा अगुवाले चिया,विडि, कंकर, गाजाँको व्यवस्था गरेर गफ गाफ संगै हसीठाठीँ गदै कुराकानी अगाडी बढाउदै आपनो स्वार्थ पुरा गर्ने अग्रसरता देखाउने थलोको रुपमा स्थापति थिएँ । जुन आधुनिकताको विकास संगै बढ्दै गएको आम संचारको माध्यमको विकासले हराएको छ। “घुर”को अनेको फाईदा रहेको तथ्यले पुष्टी गरिसकेकाले चैत्र महिनामा यसको झै महत्तत्व रहेको पाईन्छ। चैत्रमा घुर ताप्नाले एक वर्ष सम्म वात रोग नलाग्ने जनविश्वास रहेका छन्।

मिथिलाको संस्कारमा चिसोको मौसमा मानिस र गाई वस्तुहरुको सुरक्षार्थ “घुर” लगाउने गरिन्छ। मधेसमा जिविकोउर्पान गर्ने कृर्षी नै रहेकाले “घुर”को रनको चारै तिर हेर्ने पाईन्छ। कृषकहरुको “घुर” गोठमा हुने गरेको फोहर जन्य वस्तुहरु नार–पुआर, निंहेश, (पलारको विभिन्न रुप) गोबर–गोइठा, सुखेको पातहरु ,घरायशी फोहरहरु बटुलेर “घुर” मा जलाउने गरिन्छ, जसले गाई वस्तुको शीतलहरीमा सुरक्षा समेत हुन्छ। जाडो मौसममा तापमान घट्ने भएकाले “घुर” लाई धेरै उपयोगी मानिन्छ। “घुर” को आगोमा फोहर वस्तुलाई जलाउदा वातावरणमा पनि कुनै असर नर्पे र सफाई पनि हुने, संगै सोही “घुर” को खरानी सहित

अन्य न जल्ने किसिमका सडे–गलेको फोहरहरु खेतमा दिदाँ प्राकृतिक रुपमा उर्वरक खाद्यको रुपमा समेत निकै प्रभावकारी हुने भएकाले “घुर” लाई उपयोगी मानिन्छ। “घुर” को धुवाले किरा फटिङरा ,मछर लगायत अन्य प्रभाव कम हुनाले पनि प्राय सवैको घरमा लगाउने गरिन्छ। मानव जीवनशैलीमा “घुर” को सुरवात अति प्राचिन रहेको छ । पौराणिक सभ्यता देखिनै आधुनिक सभ्यता सम्म उतिकै महत्त्वपुर्ण रहेको हेर्ने सकिन्छ । कहिले काहिं गाउँमा अव्यवस्थीत र लापरवाहीले गर्दा “घुर” को आगोले ठुला आगजनी भएका घटनाले सावधानी साथ “घुर” को व्यवस्थापन गर्ने समाजमा चनाखो हुन्छन्। मिथिलामा तिला–सक्रान्तिका र मकर स्नान गरे पछि “घुर” को आगोले जीउ तताउने विधान समेत रहेकाले घुरको वैज्ञानिक महत्व समेत स्पष्ट देखाएको छ ।कतै तपश्या गर्ने ऋिषी मुनीले वर्षे सम्म पुरा गर्ने नसक्दा अग्निलाई साक्षीँ राखेर (घुर) गरेर तपश्या गर्दा तपश्या पुरा भएको पनि बताईएको छ ।

COMMENTS

Image result for mango
Image result for banner
Image result for banner
Name

bignews,3,english,3,Video,1,अन्तरबार्ता,3,अपराध,8,खेलकुद,2,पूर्वाञ्चल खबर,42,मनोरंजन,4,राजनीति,13,विचार,13,विचित्र संसार,6,विज्ञान प्रविधी,6,समाचार,114,स्वास्थ्य,19,
ltr
item
Radio Jhapa : तराई मधेसमा घूरको रौनकता
तराई मधेसमा घूरको रौनकता
https://attachment.outlook.office.net/owa/radionagarik@hotmail.com/service.svc/s/GetAttachmentThumbnail?id=AQMkADAwATYwMAItZTg4AGEtOGMyZC0wMAItMDAKAEYAAAM564%2FehvsdSY53Rrnc1uSIBwDWkh4S82arRqpVsNshzCFnAAACAQwAAADWkh4S82arRqpVsNshzCFnAAEEfNh3AAAAARIAEACoyDxsrj%2B0S5TGneYm3tND&thumbnailType=2&X-OWA-CANARY=pvvq-EWNlEOQOWzeMgln-NB69zcQOtQYF39F4sEyMzGsXEKNo8MsJmOVbrQhYJwtSom6XAVWihA.&token=d2055cf9-456d-4955-9c26-34ba63830fa9&owa=outlook.live.com&isc=1
Radio Jhapa
https://radiojhapawebsoftitnepal.blogspot.com/2017/01/blog-post_99.html
https://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/
http://radiojhapawebsoftitnepal.blogspot.com/2017/01/blog-post_99.html
true
291426308255052086
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy